Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


‘कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन् ।

‘नेपाली कांग्रेसले तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन,’ शर्माले भने, ‘कांग्रेस अहिले यस्तो कुरामा बिल्कुलै संलग्न छैन ।’ कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भनेको भए पनि पार्टीलाई भने त्यसबारे केही थाहा नभएको उनको जिकिर थियो ।

तर सभापति देउवाले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।