Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


२०३० सम्ममा समृद्धिको संकेत पाइसक्छौं : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न लामो समय नलिने स्पस्ट गर्दै भने–‘संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं ।’

प्रधानमन्त्री ओलीले सोका लागि राज्यसंयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ–कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने स्पस्ट गरे ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकान्डी हुँदैन । प्रभावकारी हुन्छ’–प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सम्पादकहरुसंँग भने–‘देखेको कुरा लेख्नोस् । लागेको कुरा लेख्नोस् । तर, जनतालाई निराशा नछाओस् भन्ने कुरामा सचेत भइदिनोस् ।’ रासस