 
	    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज बुधबार सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
प्रमुख जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई यहि पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिनुभयो । दावी पेश गर्न पुस २७ गते साँझ ५ बजेसम्म समय दिइएको सचिव ढुंगानाले बताउनुभयो ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ १९ सिटसहित नेपाली कांग्रेस सब भन्दा ठूलो पार्टी बनेको छ ।
नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादी पार्टीकाे ४, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे १ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्