Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


अत्याधिक चिसोले धमाधम विद्यालय बन्द


104
Shares

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् ।

जाडोका कारण विद्यार्थीहरु बिरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा बिदा दिइएको छ ।

जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।