Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पुसभित्रै ‘सभामुख’


208
Shares

काठमाडौं । यही पुसभित्रै प्रतिनिधि सभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी गरिएको हो ।

प्रतिनिधि सभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधि सभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । सो समय आधार मान्दा १० माघसम्म सभामुख चयन गरिसक्नुपर्छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्दछ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।