Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक


65
Shares

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभएको छ ।

शनिबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षसम्म एउटै सरकारले काम गर्न सक्ने हो भने मात्र विकास निर्माणका कामले पुर्णता पाउने तर्क गर्नुभयो ।

पटक–पटक फेरिने सरकारका कारण मुलुकमा संचालित थुप्रै विकास निर्माणका काम प्रभावित हुने गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले एउटा सरकारले बजेट छुट्टाएका योजनामा अर्को सरकार आउने वित्तिकै कटौती हुने गरेका कारण काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

अहिले बनेको सरकार पनि स्थायी प्रकृतिको नदेखिएको भन्दै उहाँले एक दलको बहुमत नआए सम्म विकास निर्माणका कामले गति लिन नसक्ने टिप्पणी गर्नुभयो ।