Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पेले अर्थात पेले


13
Shares

काठमाडौं । विश्व फुटबलका एक मिथक, जसको खेल हाम्रो पुस्ताले हेर्न नपाए पनि धेरै सुनेका थियौं, सुन्यौं । अब तिनै विश्व विख्यात फुटबलका जादुगर अर्थात फुटबलका लेजेन्ड पेले अब सम्झनामा मात्रै रहनेछन् ।

तर उनले दिएको योगदान र पाएको उपलब्धी सिंगो फुटबल जगतले सदा सम्झिरहने छन् ।

‘कालो मोती’ का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको नाम एएिरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर १९४० मा जन्मिएका उनका पिता क्लवस्तरका खेलाडी र आमा गृहिणी थिइन् ।

आमा बुबाले उनको नाम ‘एडिसन’ राखेका थिए । पेले जन्मने बेला सहरमा बिजुलीको बल्ब बनाउने ‘थोमस एल्वा एडिसन’को नामको एक भाग ‘एड्सन’ राखिएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।