Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


हवाई उड्डयन नीति परिर्माजन गर्न जरुरी


130
Shares

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । ताल्लुक निकायले यस सम्बन्धी उचित प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने उहाँको प्रतिबद्धता छ ।

आज काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले प्राधिकरण र मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भएपनि निस्कर्षमा नपुगेको बताउनु भयो । उहाँले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचका साथ बनाइएको बताउनु भयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताउनु भयो। महानिर्देशक अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताउनु भयो ।

उहाँले अहिले निगमले हवाई इन्धनमा ७८ रूपैयाँ नाफा लिँदै आएको बताउनु भयो । महानिर्देशक अधिकारीले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने जिकिर गर्नुभयो । उहाँले नेपालमा हवाई नीतिकै कारण हवाई क्षेत्रको यथोचित विकास हुन नसकेको बताउनु भयो ।