Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना


65
Shares

काठमाडाैं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् ।

उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताउनु भयो ।

उहाँले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताउनु भयो । उहाँले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले आन्दोलनकारीहरुसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पु¥याउन नसकेको बताउनु भयो । उहाँले प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरुले माईतीरघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए । त्यसपछि उनीहरुले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।