Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो

कोरोनाविरुद्धको चौथो ‘डोज’ खोप ल्याइँदै

104
Shares

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ ।

सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।

४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी फाइजर खोप ल्याउन लागिएको हो ।

सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएपछि सचेत रहन आमजनतामा आग्रह गर्दै गर्दा दोस्रो बुस्टर मात्राको खोप ल्याउन प्रक्रिया अघि बढाएको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।