Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चलचित्र ‘अवतार–२’ को १४ दिनमा एक अर्ब डलर कमाइ


7.6k
Shares

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ ले १४ दिनमा एक अर्ब डलर कमाइ गरेको छ ।

चलचित्रले विश्वव्यापी बक्स अफिसमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । १४ दिनमा चलचित्रले एक अर्ब डलर बढी कमाइ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।

यो चलचित्र सहित सन् २०२२ मा रिलिज भएका तीन चलचित्रले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन् । जसमा ‘टपगन : माभेरिक’ ले ३१ दिनमा, ‘जुरासिक वल्ड डोमिनियन’ले चार महिना मा उक्त सफलता हासिल गरेको हो ।

जेम्स क्यामरुन निर्देशित उक्त चलचित्र ‘अवतार’को दोस्रो श्रृंखला ‘अवतार–२’ १३ वर्षपछि प्रर्दशनमा आएको हो । अवतारको पहिलो श्रृंखला सन् २००९ मा प्रदर्शन भएको भएको थियो। उक्त समय यसले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।

यो चलचित्रको दुवै श्रृंखलाले सबैभन्दा धेरै कमाइ गरेको छ ।