२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


‘हेरा फेरी ३’ मा अक्षय र कार्तिक को भन्ने टुंगो लागेन


1.235k
Shares

एजेज्सी । भारतीय फिल्म निर्देशक अनीस बज्मीले फिल्म ‘हेरा फेरी ३’ मा अक्षय कुमार र कार्तिक आर्यनकोबारे टुंगो नलागेको बताएका छन् ।

भारतीय अभिनेता कार्तिक आर्यन र अक्षय कुमार मध्ये उक्त फिल्ममा कसले काम गर्ने भन्ने लामो समयदेखि चर्चा थियो । यसको सुरुवात अक्षय फिल्मबाट बाहिरिएसँगै भएको हो । अक्षयले फिल्म छाडेको खबर सबैभन्दा पहिले आएको थियो । जसको बारेमा उनी आफैंले आधिकारिक घोषणा गरेका थिए । त्यसपछि यो फिल्मसँग कार्तिकको नाम जोडिन थाल्यो ।

भारतीय सञ्चार माध्यमले उक्त फिल्ममा निर्माता फिरोज नाडियाडवालाले अक्षयको स्थान कार्तिकलाई दिएको बताएका थिए । त्यसको केही समयपछि उक्त फिल्ममा अक्षय नै फर्किने समाचार प्रकाशित भएको थियो । अक्षयका प्रशंसकहरूले पनि फिल्ममा अक्षय नै हुनुपर्ने भन्दै माग गरेका थिए ।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै अनीसले फिल्ममा कसले काम गर्ने वा नगर्ने भन्ने हालसम्म तय नभएको बताएका छन् । अहिलेसम्म उनी आफैले पनि फिल्म साइन नगरेको र फिल्ममा कार्तिक र अक्षय को हुन्छन् भनेर फाइनल नभएको बताएका छन् । फिल्ममा अक्षय बाहिरिएको र कार्तिक भित्रिएको कुरा भ्रम मात्र रहेको उनको भनाइ छ ।

अहिलेसम्म फिल्म हेराफेरीका दुई भाग आइसकेका छन् । यी दुवै पार्टमा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावलको महत्वपूर्ण भूमिका रहेको थियो।