Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी


11.2k
Shares

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन्।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन् ।

सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा गरेको थियो । उनले दाबी गरे अनुसार राष्ट्रिय बीमा कम्पनीले ४६ हजार ६०० रूपैयाँ प्रदान गरेको हो ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम राखेको हो । विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो । 

बीमा रकम लिँदै कलाकार अधिकारीले भने, ‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोगलाई मैले एक जीवनदानको रुपमा हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकून् ।’

बोर्ड अध्यक्ष केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए ।

Skip This