Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


स्याङ्जामा रूखबाट लडेर एक वृद्धाकाे मृत्यु


3.3k
Shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा रूखबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ ।

आफ्नै घर नजिक सौरको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर मंगलबार बिहान देवकुमारी थापा गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी ६९ वर्षीया थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

मृतक थापा फेदीखोला गाउँपालिका-२ गाडाबासकी भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।