काठमाडौं, भदौ ११ । नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाजुराका युवकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ ६ बजेतिर किशोरीलाई जबर्जस्ती गरेको उजुरी परेपछि प्रहरीले नेपालटार बस्ने १८ वर्षीय साजन बोहरालाई पक्रेको हो ।
बोहोराले किशोरीलाई खाजा घरकै शौचालयमा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । पसलकी साहुनीको किटानी जाहेरीका आधारमा बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बालाजु बृत्तका डिएसपी चिरञ्जीवी कोइरालाले जनाए । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्