काठमाडौं । नेपालको ४४ औं प्रधानमन्त्रीका रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका सत्ताहसयात्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिनुभएको हो ।
उहाँहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनुभयो । प्रधानमन्त्री दाहाललाई शनिबार नै भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।आइतबार दाहालसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरूले समेत पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रचण्डको मन्त्रीमण्डलमा उहाँका खास सहयात्री उपप्रधानमन्त्रीहरू नाराणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछाने नै हुने देखिएको छ ।
त्यसै गरी आइतबार शपथ लिने मन्त्रीहरूमा ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र अब्दुल खान रहेका छन् । प्रधानमन्त्रीसहितमाओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्रीले शपथ लिएका हुन् ।
८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नु हुनेछ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्