Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


‘कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन’


91
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाइएको छ ।

योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाब दिएको हो ।

यद्यपी, भण्डारण , प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफरिस छ ।

‘कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता देखिँदैन । यो क्षेत्रका निम्ती नेपालका बैंकहरुले पर्याप्त ऋण दिइरहेको अवस्था छ र सरकारले पनि सोको उत्थानका लागि निरन्तर रुपमा कर छुट र अन्य नीति लाभ दिइरहेको छ’, उक्त प्रतिवेदनमा भनिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।