Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


मुख्य पदमा कम्युनिस्टकै बर्चस्व


1.4k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहुँदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए ।

नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार आएको छ ।

२०७९ को आम निर्वाचनमा एमाले एउटा गठबन्धनको नेतृत्व गर्दै अगाडी बढेको थियो भने माओवादी र एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी थियो । एमाले र माओवादीसहितका दलले मिलेर सरकार गठन गरे पनि एकीकृत समाजवादी अहिले ‘पर्ख र हेर’को अवस्थामा छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।