Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड


13.4k
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को दोस्रो गीत ‘झूमे जो पठान’ ले नयाँ रेकर्ड बनाएकाे छ ।

‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्यूवमा १९ लाख भ्यूज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छोटो समयमा धेरै भ्यूज पाएर रेकर्ड राखेको हो।

अरिजीत सिंह, विशाल ददलानी, शेखर रविजियानी र सुकृति कक्करको स्वर रहेको गीतमा विशाल र शेखरको संगीत रहेकाे छ । बोस्को क्याइसरले कोरियोग्राफी गरेको गीतमा शाहरूख र दीपिकाको नृत्य रहेको छ ।

‘पठान’ को पहिलो गीत ‘बेसरम रंग’ १२ डिसेम्बरमा सार्वजनिक गरिएको थियो। गीत सार्वजनिक भएसँगै विवादमा फसेको थियो। उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हाे ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेकाे छ। यो फिल्म २५ जनवरीदेखि प्रदर्शन हुँदैछ।

Skip This