Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेस बागमती प्रदेशकाे संसदीय दलको नेता चुन्न पुस १३ गते निर्वाचन हुने


767
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे नेतृत्वमा रहेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंगलबार मतदाता नामावली सार्वजनिक गरिने छ।

यस्तै, पाैष १३ गते बुधबार नै बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। महर्जनका अनुसार बुधबार नै २ देखि ३ बजेसम्म संसदीय दलको नेता चयनका लागी निर्वाचन गर्ने कार्यक्रम छ।

संसदीय दलको नेताका लागि दुई जना मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्राेतका अनुसार नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित सांसद बहादुरसिंह लामा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।