Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


पूर्वमन्त्री आलेलाई मातृशोक


1.4k
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित सांसद आलेकी आमा गंगादेवी आलेको ७८ वर्षको उमेरमा मगंलबार बिहान ४ बजे निधन भएको हो ।

गंगादेवीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उच्च रक्तचापका कारण गत मंसिर ११ गते उहाँलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।