Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


चालू पुँजी कर्जा ३० प्रतिशतसम्म दुरुपयोग


91
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले उद्योगी व्यवसायीलाई दिँदै आएको कुल चालू पुँजी कर्जामध्ये करिब एक तिहाई दुरुपयोग भएको छ ।

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार यस्तो कर्जा २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ठूला ऋणीहरुलाई कुल कर्जाको ४० प्रतिशत चालू पुँजी कर्जा उपलब्ध गराउँदै आएका छन् । ‘यस्तो पुँजी करिब २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको छ’, केन्द्रीय बैंकका ती अधिकारीले भने, ‘कर्जा ठुलो परिमाणमा दुरुपयोग भएको पाइएको राष्ट्र बैंकले यसमा कडाइ गर्न खोजे पनि सकेको थिएन ।’

उनका अनुसार दुरुपयोग नरोकिएपछि अन्तिम विकल्पका रुपमा मार्गदर्शन नै जारी गर्नुपरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।