
खोटाङ । खोटाङमा भीषण आगलागी भएको छ ।
केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको हाे ।
घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पाँच घर पूर्ण रुपमा जलिसकेको छ ।
बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको छ ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्