 
	    स्याङजा । स्याङजाको वालिङ नगरपालिका-४ मा रहेको सुन्तलाबारी होमस्टेलाई ईको होमस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ ।
सुन्तला नै सुन्तलाको गाउँको रूपमा परिचित भएकाे वालिङ नगरपालिका-४ काे खाल्टेलाई भान्साकाे व्यवस्थापन गर्नका लागि तालिम सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, संयुक्त राष्ट संघीय विकास कार्यक्रम युएनडीपी, दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भइरहेको हरित पुनः उत्थान कोभिड-१९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ईको होमस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको हाे ।
स्थानीय उत्पादनबाट बनेका परिकाहरुलाई नै होमस्टेमा आउने पाहुनाहरूलाई खुवाउने मुख्य लक्ष्यका साथ ईको होमस्टेमा काम भइरहेको होमस्टेका अध्यक्ष क्याप्टेन दिलविक्रम गुरूङले जानकारी दिनुभयो । स्थानीय स्तरमा नै उत्पादन हुने वस्तुहरु खुवाएर पर्यटकलाई फरक स्वाद दिने होमस्टेको तयारी रहेकाे छ । सिद्धार्थ राजमार्गको वालिङबाट करिब ४५ मिनेटमा होमस्टे पुग्न सकिन्छ ।
तालिम पश्चात गाउँमा नै उत्पादन भएका खाद्यन्न बालीको प्रयोग गरी अतिथि सत्कार गरिने होमस्टे सञ्चालककाे तयारी रहेकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्