बझाङ । बझाङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा छबिसपाथिभेरा गाउँपालिका– ५ इडेढुंगाका ३४ वर्षीय लालबहादुर धामी रहेका छन्।
धामीलाई बुधबार बिहान १० बजेको समयमा घर नजिकैको स्वालवन जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमण गरेको हो। घाइते धामीको दाहिने हात भाँचिएको छ भने टाउको र छातीमा चोट लागेको छ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको व्याँसी प्रहरी चौकीले जनाएको छ। भालुले गाउँमै आएर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन्।





प्रतिक्रिया दिनुहोस्