Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सट्टाबाजी गर्ने एजेन्ट पक्राउ


390
Shares

काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रहरीले बिहीबार काठमाडौंको टोखा चण्डेश्वरी बस्ने सुजन गौलीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट लगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा पक्राउ परेका गौलीले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ई-सेवा, आईएमई-पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत उनी एक्लैले २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार गरेको प्रहरीको भनाइ छ । विश्वकप सुरु भएदेखि नेपालमा सट्टाबाजी गराउने गिरोह सक्रिय रहेकोले प्रहरीले निगरानी बढाउँदै लगेको छ ।