Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सोलुखुम्बुमा एक प्रहरी निरीक्षकाे सुतेकै ठाउँमा मृत्यु


2.7k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थमा मृत भेटिनुभएको छ ।

मंगलबार राति साथी भाइसँग रमाईलो गरी खाना खाइसकेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो । प्रहरी निरीक्षक राई ओखलढुङ्गाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख हुनुहुन्थ्यो । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र बिदामा घरमा आउनुभएको थियो । उहाँको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

त्यस्तै, सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा मंगलबार राति नै सुतेकै ठाउँमा मृत्यु भएकाे हाे। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको पनि मृत्यु भएकाे हो।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ ।

मगर करिब ५ वर्षअघि कोरिया जानुभएकाे थियाे ।