काठमाडाैं । बैंकहरुले नयाँ स्प्रेडदरको कार्यान्वनयन चालु आर्थिक बर्षको चैतदेखि नै गर्नुपर्ने भएको छ ।
बैंकहरुले निक्षेपमा दिने र ऋणमा दिने ब्याजदर अन्तर स्प्रेडदर पहिलो चरणमा चैतदेखि ४ दशमलब २ प्रतिशत र असारसम्म भने ४ प्रतिशतमा झार्नु पर्ने भएको छ ।
यद्यपि कार्यान्वयन भने चैतबाटै गर्नु पर्ने हुन्छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षामा घोषणा गरिएको कार्यक्रम कार्यान्वयन गर्न आज निर्देशन जारी गर्दै राष्ट्र बैंकले स्प्रेड दर कार्यान्वयनका लागि समय तोकेको हो ।
वाणिज्य बैंकहरुले चैतसम्म स्पे्रडदर ४ दशमलब २ प्रतिशत र असारबाट ४ प्रतिशतमा झार्नु पर्ने हुँदा विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतबाट ४ दशमलब ८ प्रतिशत र असारबाट ४ दशमलब ६ प्रतिशतमा झार्नु पर्ने समयसीमा तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्