Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


अन्तर्राष्ट्रिय रंगशाला अलपत्र


455
Shares

गुल्मी । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो ।

माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा काम अघि बढे पनि त्यसपछि भने काम अलपत्र अवस्थामा छ ।

‘रंगशालाका नाममा चौरको नाम–निशाना नै हटाइयो, अहिले चौर नै यता न उताको अवस्थामा छ,’ इस्मा गाउँपालिका–६ अम्मरपुरका ओमबहादुर कुमाल भन्छन्, ‘समयमै रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी खन्याएजस्तो भएको छ । चौरमा पहिले रातो माटो हुने र त्यो लगेर घर लिपपोत गर्ने गरे पनि अहिले त्यो पनि हराएको छ ।’

अर्का ६५ वर्षीय कृष्णबहादुर कुमालले रंगशाला छिटो बन्नुपर्नेमा जोड दिए । ‘हामीलाई वर्षौंदेखि रंगशाला निर्माणपछिको विकासको सपना देखाइयो,’ उनले भने, ‘तर काम पूरा नहुँदा हामी निराश छौं ।’ नेताहरूले पटकपटक रंगशालाबारे चर्चा गर्ने गरे पनि काम नगर्दा समग्र राजनीतिप्रति नै वितृष्णा पैदा भएको उनले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।