Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


पछि हटे कालीमाटी तरकारी बजारका व्यवसायी, बन्द हडताल नगर्ने


0
Shares

काठमाडौं । किसान र उपभोक्तालाई ठगी गर्ने कालिमाटी तरकारी बजारका व्यवसायी र विचौलियाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै संषर्घका सबै कार्यक्रमहरु अन्त गरेको जनाएका छन् । अनुगमन कार्यमा सहयोग गरी बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

‘गत सोमबार कालिमाटी तरकारी बजारमा उत्पन्न भएको घटनाप्रति दुस्ख व्यक्ति गर्दै आगामी दिनहरुमा कुनै प्रकारका बन्द, हडताल नगर्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं,’ संस्थाका महासचिव रिमालले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘अनुगमनमा सहयोग गरी बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गर्दर्छौं ।’ कान्तिपुर दैनिकबाट