Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चोलेन्द्रलाई पत्र पठाउनुको कारण संवैधानिक इजलासमै पठाइने


143
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र पठाउनुको कारण सात दिनभित्र सर्वाेच्च अदालतको संवैधानिक इजलासमै पठाउने भएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई जवाफ पठाउँदै सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले सोधेका चार वटा प्रश्नको उत्तरसहित अरू लिखित जवाफ संवैधानिक इजलासमा पठाउने जानकारी दिनुभएको हो ।

शुक्रबार इजलासले सो विषयमा परेको रिटको सुनुवााई गर्दै सो पत्रको कार्यान्वयनमा रोक लगाउनुको साथै सात दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो ।

यसैलाई मध्यनजर गरी महासचिव डा. गौतमले पूर्ण बैठकले सोधेको प्रश्नको जवाफ पनि इजलासमै पठाउने जवाफ दिनुभएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।