काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकांकमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् ।
यस्तै नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उल्लेख्य कमी आएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रतिएक लाख जीवित जन्ममा ११८ को मृत्यु हुने गरेकोमा हाल उक्त सङ्ख्या २१ मा झरेको छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामध्ये ३३ जनाको मृत्यु हुने गरेको छ । साढे दुई दशकयता नेपालमा प्रजनन दर आधाले घटेको छ ।
यसैगरी नेपालमा गर्भवती सेवामा पनि सुधार हुँदै गएको छ । नेपालमा १५ देखि ४९ वर्षसम्मका ४३ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्दछन् । यस्तै १० मध्ये दुईभन्दा बढी महिलाले दक्ष सेवा प्रदायकबाट गर्भवती सेवा पाइरहेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्