१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा


104
Shares

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । सम्झौता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् ।

बैंकसँगको सम्झौता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ।साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ-६ एमपीभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ-६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबै भन्दा धेरै रेन्ज दिने ईभी हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।