
काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।
सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्