काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो ।
केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले कााठमाडौंमा महासमिति गर्ने तय भएको बताए ।
यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबार मात्रै ११ सदस्सयीय विधान समिति बनाएर संयोजकमा आफ्नै गुटका नेता तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएका थिए ।
तर सो समिति सहमति भए भन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ट नेता रामचन्द्र पौडेलले असहमी राखेका थिए ।
जसका कारण हिजो शुक्रबारका लागि डाकिएको केन्द्रिय समिति बैठक विवाद भए पछि बस्दै नबसी स्थगित गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्