काठमाडाैं । चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रकरणमा संसद् सचिवालय र सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे मत बाझिएकाे छ ।
संसद् सचिवालयले जबरालाई महाअभियोग निष्प्रभावी भएकाे पत्र दिएकाे केही घण्टामै मन्त्री कार्कीले महाअभियोग अझै जीवित रहेकाे बताएपछि मत बाझिएकाे हाे ।
मन्त्री कार्कीले आज पत्रकारहरूसँग कुरा गर्दै जबरामाथिकाे महाअभियोग जीवितै रहेकाेले नयाँ प्रतिनिधिसभामा छलफल हुने बताउनु भयाे ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाअभियोगबारे बोलेका हुन् ।
संसद सचिवालयका महासचिवले महाअभियोग निष्प्राभावी बनेको पत्र दिएपश्चात जबरा सर्वोच्च आउने तयारीमा छन् ।





प्रतिक्रिया दिनुहोस्