Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


समानुपातिकको सिट बाँडफाँड आज हुँदै


949
Shares

काठमाडाैं । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा–प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अधिवक्ता केदार लुइँटेलले बहुविवाह गर्ने व्यक्तिलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै आयोगमा निवेदन दर्ता गराउनुभएको हो ।

राजनीतिक दलले कानुन निर्माण गर्ने विधायकमा सजाय पाउने कसुरदारलाई सिफारिस गरेबाट मुलुकमा विधिको शासनमाथिको चुनौती भएको निवेदकको दावी छ ।

बहुविवाहको कसूर गरेको भन्दै राप्रपाका प्रेमराज थाम्सुहाङ, नेकपा मालेका कृष्णबहादुर आले र चिरञ्जीविराम थारु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चका ज्ञानबहादुर इबुङ लिम्बु र एमालेका चक्रपाणी शर्माका नाम हटाउन माग गरिएको छ ।

बहुविवाहको कसुर गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा दस हजारदेखि पचासहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सरकारी निकायले बहुविवाह गरेको थाहा जानकारी पाएपछि अनुसन्धान गरी कारबाही गर्नु पर्नेमा कानुनले कसूरदार मानेको व्यक्तिलाई विधायिकामा पुर्‍याउने कार्यले विधिको शासनमाथि चुनौती दिएको पनि निवेदक लुइँटेलको दावी छ ।

बहुविवाहको कसूर गरेको भन्दै राप्रपाको प्रदेश सभा १ को लागि समानुपातिकको सूचीमा पहिलो नम्बरमा प्रकाशित प्रेमराज थाम्सुहाङ, मालेबाट प्रतिनिधिसभाको लागि समानुपातिक सूचीको छैटौं नम्बरमा चयन भएका कृष्णबहादुर आले, मालेकै प्रतिनिधि सभाका लागि समानुपातिक सूचीमा चयन भएका चिरञ्जीविराम थारु, लोसपाबाट प्रतिनिधिसभाको लागि समानुपातिक सूचीमा चयन भएका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चले ज्ञानबहादुर इबुङ लिम्बु र एमालेबाट समानुपातिक प्रदेशसभा लुम्बिनीको लागि समानुपातिकको सूचीमा चयन भएका चक्रपाणी शर्मा छन् ।