
भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष देवलाल किसीले समय-समयमा आइपर्ने प्रतिकूल परिस्थितिका बावजुद संस्थाले व्यवसायिक सफलताको लागि प्रयत्नरत रहेर सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो ।
कोषाध्यक्ष माधव थापाले आर्थिक वर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गर्दै संस्थामा २ करोड ३७ लाख १४ हजार चुक्ता पूँजी संकलन भएको, बचतमा ४७ करोड ८५ लाख ९४ हजार रुपैयाँ तथा ऋण लगानीमा ३५ करोड ९५ लाख ५ हजार रुपैयाँ भएको बताउनुभयो ।
आ.व. २०७८/०७९ मा ५ करोड ७३ लाख ७८ हजार रुपैयाँ आम्दानी गरी ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खर्च भई ५० लाख ५४ हजार रुपैयाँ नाफा गरेको कोषाध्यक्ष थापाले बताउनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ ।
साधारण सभामा भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य किरण थापा, संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेत र चिव केदार प्रसाद कोइराला लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्