२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो


169
Shares

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ ।

साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे । उहाँले सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आयोजनाको बारेमा विविध पक्षमाथि जानकारी समेत गराउनुभएकाे हाे ।

उहाँले आयोजनाको प्रगति विवरणका साथै आयोजना सम्पन्न भएपछि विद्युत उत्पादन र तराईका जिल्लाहरुमा सिंचाईको सुविधाको सम्बन्धमा जानकारी गराउनुभएको थियो । सिन्धुलीको चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणका विभिन्न पक्षमा सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट पुग्ने प्राविधिक सहयोगका विविध पक्षमाथि समेत उहाँले जानकारी गराउनुभएकाे हाे ।

निर्देशक बरालले सुनकोशी मरिण डाईभर्सनको काम तीव्र रुपमा अगाडि बढेको र सुनकोशी कमला डाईभर्सन आयोजनाको विस्तृत अध्ययनको कार्य सुरु गरेको बताउनुभएको थियो । सरकारसँग भएको प्राविधिक जनशक्ति र प्रविधिलाई प्रयोग गर्दै सरकारले अर्को बहुउद्देश्यीय आयोजनाको समेत अध्ययन थालेको उहाँले बताउनुभयाे । आयोजनाको विस्तृत अध्ययनको काम अगाडि बढीसकेको समेत उहाँले बताउनुभयाे ।

साेही कार्यक्रममा सिन्धुलीका प्रतिनिधि, प्रदेश सभाका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु लगाएको सहभागिता रहेको थियो ।