२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सिन्धुलीमा खानेपानीको आपूर्तिका लागि बृहत आयोजना सञ्चालन


182
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाकाे ८,९ र १० नम्बर वडाका बासीन्दाहरुलाई स्वच्छ खानेपानी सुविधा आपूर्ति गर्नका लागि बृहत खानेपानी आयोजनाको कार्य सञ्चालन गरिएको छ ।

रामेछापमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मन्थलीले सोही स्थानमा रहेका करिब ५ सय घरधुरीका बासीन्दाहरुलाई स्वच्छ पिउने पानीको प्रवन्ध गर्नका लागि मूल्य अभिबृद्धि कर (भ्याट) सहित २८ करोड ६६ लाख ४० हजार ७ सय ३९ रूपैयाँको ठेक्का सम्झौतामा एएम कन्ट्रक्सनलाई निर्माण कार्यको जिम्मा दिएको हो । २ वर्षकाेमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गराउने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मन्थलीले २०७९ असार मसान्तमा एएम कन्ट्रकसनसँग ठेक्का सम्झौता गरेसँगै खानोपानी निर्माणको आयोजनाको काम अघि बढेको छ ।

सोही आयोजना अन्तर्गत कमलानदीको पानीलाई लिफ्ट पम्पिङको माध्यमबाट कमलामाई नगरपालिकाको वडा नं ८ मा ७०, ५० र ३० हजार लिटर, वडा नम्बर ९ मा ठूला दुई वटा र वडा नम्बर १० मा दुई वटा १ लाख लिटर, एउटा ७० हजार, र ३० हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण र सप्लाई पाईपलाईन बिछ्याउने कार्य सम्पन्न गरी खानेपानीको आपूर्ति गराउने लक्ष्य रहेको छ ।

निर्माण पक्षले कमलामाई नगरपालिकाको वडा नम्बर ९ को बथान चौडीस्थित हाटबजार स्थलमा उपभोक्ता समितिको कार्यालय भवन समेत निर्माण गर्नेे एएम कन्ट्रक्सनका इन्जिनियर तथा साईड ईन्चार्ज प्रदीप चौधरीले बताउनुभयो ।विगतमा स्वच्छ खानेपानीको अभावमा यस क्षेत्रका बासीन्दाहरुले पर्याप्त शुद्ध पिउनेको आपूर्ति गर्न पाएका थिएनन् ।

बृहत खानेपानी आयोजानको निर्माण सम्पन्न भएपछि सोही क्षेत्रका बासीन्दाहरुको स्वास्थ्य र सरसफाईमा समेत सहयोग पुग्ने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मन्थलीका इन्जिनियर रञ्जित ठाकुरले बताउनुभयो ।