१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने हल्ला निराधार (विज्ञप्तिसहित)


572
Shares

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी) ले पछिल्लाे केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

एकीकृत समाजवादीका महासचिव डा. भेदुराम भुसालद्वारा हस्ताक्षिरित प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘एकीकृत समाजवादी र माओवादी केन्द्र बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे र स्पष्ट पार्न चाहन्छाै कि याे प्रचार पूर्णत: निराधार हाे, यसमा कुनै सत्यता छैन।’