काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले विद्युत् प्रसारण लाइन निर्माण ठेक्का आह्वान गरेको छ ।
अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त अनुदान र नेपाल सरकारको संयुक्त लगानीमा प्रसारणलाइन निर्माण परियोजना तीन चरणमा अघि बढाउनेगरी ठेक्का आह्वान भएको हो ।
परियोजना थाल्न एमसीएले सोमबार लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीन चरणमा ठेक्का निकालेको छ । लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा पहिलो चरण (११७ किमि), दोस्रो चरण रातमाटे–न्यु दमौली (९० किमि) र तेस्रो चरणमा न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३ सय १५ किलोमिटर छन् ।
इच्छुक कम्पनीले १३ चैत २०७९ (२७ मार्च)सम्म आवेदन दिन सक्नेछन् । ठेक्का पाउने कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ गर्नुपर्नेहुन्छ । आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीसी–नेपालले उपलब्ध गराउने भएको छ । एमसिए–नेपालका सूचना आधिकारी राजीव दाहालले प्रसारणलाइन निर्माण ठेक्का सम्झौता भएको पाँच वर्षमा पूरा गरिसक्नुपर्ने जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्