१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


गोरखामा घटेन बदर मतको दर


78
Shares

गोरखा । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचन सकिएसँगै मतगन्दा गोरखामा प्रत्यक्ष तर्फ भन्दा समानुपातीक तर्फ मत धेरै बदर भेटिएको छ। मत गणनाका क्रममा बिगत जस्तै यस वर्षपनि बदरमत बढी देखिएको हो। गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।

गोरखा क्षेत्र नम्बर १ मा ६० हजार दुई सय ८२ मत खसेको मध्ये तीन हजार ५१ मत बदर भयो। समानुपातीक तर्फ भने यस क्षेत्रमा तीन हजार पाँच सय ८१ मत बदर भयो। २०७४ को निर्वाचनमा गोरखा १ मा ६३ हजार छ सय चार मत खसेकोमा चार हजार तीन सय २० मत बदर भयो। गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा एक हजार ५० मत बदर भयो भने ‘ख’ मा एक हजार एकसय ६२ मत बदर भयो। प्रदेशसभा ‘क’ र ‘ख’ मा समानुपातिकतर्फको बदर मत संख्या चार हजार तीन सय २३ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गोरखा २ मा ५४ हजार ४४ मत खसेको मध्ये तीन हजार एक सय २६ मत बदर भयो भने समानुपातीक तर्फ दुई हजार नौ सय २६ मत बदर भयो। २०७४ मा ६० हजार एक सय १५ मत खसेको मध्ये दुई हजार छ सय ३६ मात्रै बदर भएको थियो। पहिले भन्दा छ हजार ७१ मत कम खस्दा बदर मत भने पहिले भन्दा चार सय ९० थपिया । गोरखा क्षेत्र न २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ एक हजार दुई सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ एक हजार ४३ मत बदर भयो। प्रदेश क्षेत्र ‘क’ र ‘ख’ मा समानुपातिकतर्फ चारहजार एकसय १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।