Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बाजपेयी नेपालको सदैव हित चाहने मित्र : देउवा


0
Shares

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका पूर्वप्रधानमन्त्री स्व. अटल बिहारी बाजपेयी नेपालका निकै नजिकका मित्र रहेको बताएका छन् ।

बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले बाजपेयी नेपालको सदैव हित चाहने मित्र रहेको बताए ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई सदैव विशेष महत्व दिएको बताए ।

स्व. बाजपेयीको व्यक्तित्व अद्भूत रहेको भन्दै नेता नेपालले त्यसको प्रभाव आफूमा किशोर अवस्था हुँदा नै परेको पनि उल्लेख गरे ।

राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले बाजपेयीको निधनबाट नेपालले असल मित्र तथा शुभेच्छुक गुमाएको बताए ।