Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


ताप्लेजुङमा अवैध हातहतियार र विस्फोटक पदार्थसहित एक जना पक्राउ


195
Shares

काठमाडाैं । प्रदेश नम्बर १ का प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन्।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई प्रहरी टोलिले पक्राउ गरेकाे हो । उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरूवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेकाे छ ।

निजलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरूवा बन्दुक नाल एक थान, बारूदको कालो धुलो पदार्थ प्लाष्टिकको पोको एक थान, सेतो बट्टामा समेत बारूद रहेको (गन पाउडर) एक थान, भरूवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरूवा बन्दुकको बट जस्तो देखिने काठको वस्तु एक थान र रडको टुक्रा दुई थान बरामद गरिएको छ ।

उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बुचा प्रदेश नम्बर १ को सर्वोत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भइसक्नुभएका प्रहरी अधिकारी हुनुहुन्छ।