Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


छुट्टै वित्तीय संयन्त्रमा शक्ति राष्ट्रको आनाकानी


26
Shares

काठमाडौं । जलवायुजन्य हानीनोक्सानीका लागि छुट्टै वित्तीय संयन्त्र गठन हुनुपर्ने कुरामा धनी मुलुकहरूले अनाकानी गरेका छन् ।

कार्यान्वयनका लागि सँगसँगै भन्ने नाराका साथ इजिप्टको शर्म अलशेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतन सम्बन्धी संरचना महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप २७) मा जलवायुजन्य हानीनोक्सानी (लसएन्ड ड्यामेज) का लागि छुट्टै वित्तीय संयन्त्र गठन गर्नुपर्ने माग उठिरहेका बेला धनी मुलुकहरूले भने उक्त एजेन्डा सम्बोधनमा आनाकानी गरेका हुन् ।

धनी राष्ट्रहरूले जलवायुजन्य हानीनोक्सानी (लस एन्ड ड्यामेज) का लागि छुट्टै वित्तीय संयन्त्र बनाउनुपर्ने भन्दै कोपमा नेपाललगायत विकासोन्मुख राष्ट्रहरूले दबाब सिर्जना गर्न भने छाेडेका छैनन् । धनी मुलुकहरूले आफ्नो जलवायु वित्तीय दायित्व बढ्ने भन्दै पछि हट्न खोजिरहेका छन् । विकासोन्मुख देशहरूले भने त्यसरी उनीहरू पछि हट्न नपाउने भन्दै तर्क राखेका कारण अब छुट्टै वित्तीय संयन्त्र गठन हुने नहुने अनिश्चित देखिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।