Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


निर्वाचन २०७९ : चासाे र चर्चाका ३० क्षेत्र


65
Shares

काठमाडाैं । मंसिर ४ गते हुने निर्वाचन परिणामबारे प्रमुख राजनीतिक दलले आ-आफ्नै दाबीसहित प्रचारप्रसार गर्दै आएका छन् । जनमत आफ्नाे पक्षमा देखाउन नेताहरुले भुगाेलकाे वास्ताविक यथार्थभन्दा बाहिर गएर प्रचारप्रसार गरिरहेका छन् ।

निर्वाचन परिणामबारे सबैतिर चासाे बढ्न थालेकाे छ । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ र प्रदेशसभा सदस्य निर्वाचनतर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ । तर प्रमुख राजनीतिक दलका शीर्ष नेता प्रतिस्पर्धामा रहेकासहित ३० वटा क्षेत्रका चुनावी परिणाम र प्रतिस्पर्धाभने आमचासाेकाे विषय बनेकाे छ ।

त्यसमध्ये एउटा हाे प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेकाे डडेल्धुरा जिल्ला ।२०४८ सालकाे निर्वाचनपछि निरन्तर जित निकाल्दै आएका देउवा आगामी चुनावमा पनि सहज परिणाम आफ्नाे पक्षमा आउनेमा ढुक्क देखिएका छन् ।

याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।