Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


निर्वाचन २०७९ : समृद्धिको सपना बाँड्दै म्याग्दीका उम्मेदवार


52
Shares

म्याग्दी । म्याग्दीका उम्मेदवारहरुले जिल्लाको विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उत्रिएका छन् ।

म्याग्दीमा चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारले सार्वजनिक गरेको प्रतिवद्धतापत्र अनुसार जिल्लाको विकासका लागि ठूला सडक कालोपत्र गर्ने, गाउँका सडकको स्तरोन्नति गर्नेे, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने र समग्र म्याग्दीलाई राष्ट्रिय विकाससँग जोड्ने उल्लेख गरेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट जारी भएको प्रतिवद्धता पत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र संस्थागत विकासका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने उल्लेख गरिएको छ ।

चुनाव प्रचारका लागि गाउँ पसेका गठवन्धनका उम्मेदवारहरुले ५ वर्षमा म्याग्दीको विकासमा कायापलट हुने गरी कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जनतालाई विकाससँग जोड्दै समग्र म्याग्दीको विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताउँदै आफ्ना एजेण्डासहित निर्वाचनमा होमिएको जानकारी दिनुभयो ।