Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


डलर अर्बपतिको मोटरबाइक चुनावी यात्रा


104
Shares

काठमाडौं । अधिकांश उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरको विरुद्धमा सडकमा उत्रिदा मुलुकका एक मात्र डलर अर्बपति विनोद चौधरीको दिनचार्य भने भिन्न छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिम-१ मा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएका चौधरी मोटरसाइकमा चढेर सर्वसाधारणका घरघरमा मत माग्न पुगिरहेका छन् ।

सधैं करोडौं रुपैयाँ पर्ने सवारीसाधन प्रयोग गर्ने चौधरी अहिले गाउँघरको धुले बाटोमा बाइकको पछाडी बसेर चुनावी यात्रामा छन् । चुनावी प्रचारप्रसारको क्रममा सर्वसाधारण नागरिकको घरमा पुगेर चौधरीले आशिर्वाद लिएको, पातमा खाना खाएको, बाइकमा यात्रा गरेको जस्ता अनेकैं तस्बिर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ हुन पुगेका छन् । अहिले मात्र होइन चौधरीले विगतमा माओवादी पार्टी शिविरमा खाना खाएर थाल आफैं धोएको तस्बिरले पनि त्यसबेला निकै चर्चा पाएको थियो।

केहि दिन यता चौधरीको चुनाव अभियानमा सक्रिय तथा चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले वरिष्ठ उद्योगपति चौधरीले यस क्षेत्रबाट उम्मेदवारी दिएपछि स्थानीयवासीमा एक किसिमले आशा पलाएको देखिएको बताए । ‘चुनाव प्रसारका क्रममा मतदाताको घरदैलो पुग्दा उद्योग व्यवसायमा सफल चौधरीले यो क्षेत्रमा पनि केही गर्छन् भन्ने सर्वसाधारणमा विश्वास देखियो,’ उनले भने ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।