Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


निर्वाचन कार्यालय ओखलढुंगाले मतदान अधिकृतलाई प्रशिक्षण दिदै


39
Shares

ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि ओखलढुंगामा प्रशिक्षण दिएको छ । जिल्लाका १ सय ५३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले प्रशिक्षण दिएको हो ।

प्रशिक्षणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिका, मतदान केन्द्रमा पुग्नुअघि, पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने तथा निर्वाचन सकिएपछि के गर्ने लगायतका विषयमा प्रशिक्षण केन्द्रित रहेको जिल्ला निर्वाचन ओखलढुंगाका अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनुभयो ।

जिल्लामा निर्वाचनका लागि १ हजार २ सय ३० कर्मचारी खटिने पनि उहाँले बताउनुभयाे ।